अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बार एशोसियसनको माग

१६ वैशाख, काठमाडौं । नेपाल बार एशोसियसन ले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार बारका महासचिव केदारप्रसाद कोइराला ले विज्ञप्ति जारी गर्दै संविधानवाद प्रतिकूल कार्य नगर्न सरकारलाई आग्रह गरेका हुन्। बारले जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियाको सम्मान गर्न सरकारलाई स्मरण गराएको छ। विज्ञप्तिमा संसद् अधिवेशन आह्वान भइसकेपछि बैठक स्थगित गरी अध्यादेश ल्याउने कदमले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गर्ने उल्लेख गरिएको छ।

बारका अनुसार अध्यादेश अपवादका रूपमा अस्थायी तवरबाट प्रयोग गरिने संवैधानिक व्यवस्था हो। नियमित संसद् बैठक बोलाइसकेपछि त्यसलाई स्थगित गरेर अध्यादेश जारी गर्नु संघीय संसदलाई छली स्वेच्छाचारी प्रवृत्तिलाई बढावा दिनु बराबर हुने चेतावनी दिइएको छ। २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि संघीय संसद गठन भइसकेको सन्दर्भ उल्लेख गर्दै बारले जनविश्वास प्राप्त संस्था संसदबाट पारित कानुन नै दीर्घकालीन र सर्वस्वीकार्य हुने धारणा व्यक्त गरेको छ।

नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। संविधानवाद, संसद र कानुनी प्रक्रिया सम्बन्धी विस्तृत समाचार।

विज्ञप्तिमा संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण तथा सन्तुलन, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको पक्षमा नेपाल बार सधैं पहरेदारी गर्दै आएको उल्लेख गरिएको छ। बारले विवादित अध्यादेश तत्काल फिर्ता लिन नेपाल सरकारसमक्ष औपचारिक माग गर्दै संसदीय प्रक्रियाको सम्मान गर्न पुनः आग्रह गरेको छ।


यो पनि पढ्नुहोस: भारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय अर्को प्रणाली,  किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?,  बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते,   पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार,  ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित),  कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्