७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

१५ वैशाख, काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालय ले ७ निर्माण कम्पनी कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाइएको हो। ७ निर्माण कम्पनी कालोसूचीमा परेसँगै उनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टा वा खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार कालोसूचीमा परेका कम्पनीहरूमा:

एक वर्षका लागि कालोसूचीमा:

  1. अनुप कन्स्ट्रक्सन
  2. गोरिल निर्माण सेवा
  3. कृपा इन्जिनियरिङ्ग
  4. गंगोत्री देवी निर्माण सेवा
  5. अंसुमन निर्माण सेवा
  6. अच्युत कन्स्ट्रक्सन

दुई वर्षका लागि प्रतिबन्ध:

  1. एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट (नेपाल विद्युत प्राधिकरणको सिफारिसमा)

कार्यालयका अनुसार ठेक्का सम्झौता उल्लंघन, कार्यसम्पादनमा कमजोरी तथा कानुनी प्रावधान पालना नगरेका कारण ७ निर्माण कम्पनी कालोसूचीमा राखिएको हो। सरकारले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन यस्तो कदम चालेको जनाएको छ।


यो पनि पढ्नुहोस:आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना,  कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्दाम्बेको नाम प्रस्तावहर्मुज खोलेर युद्ध अन्त्य गर्ने अमेरिकालाई इरानको नयाँ प्रस्ताव!एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोकामालीमा समन्वित आक्रमण, रक्षामन्त्री सादियो कमारा मृत्युकांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्