१८ वैशाख, काठमाडौं । सार्वजनिक खरिद प्रणालीमा ठूलो अनियमितता देखिएको नेपाल टेलिकम सर्भर ह्याक प्रकरणमा पहिले नै साइबर अपराधमा समातिएका एक सरकारी कर्मचारी पुनः संलग्न भएको खुलासा भएको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय अन्तर्गतको ई–गभर्नेन्स प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण परिवर्तन गर्ने गिरोह सक्रिय रहेको पाइएको हो।
यस घटनामा संलग्न मुख्य व्यक्ति धनकुटाको पाख्रिबास नगरपालिका–५ निवासी दिवाकर देउजा रहेका छन्। उनी यसअघि पनि नेपाल टेलिकम को सर्भर ह्याक गरेको आरोपमा पक्राउ परेका थिए। पाँच वर्षअघि मोबाइल एपको सर्भरमा घुसपैठ गरी सेवा दुरुपयोग तथा बिक्रीमार्फत टेलिकमलाई आर्थिक तथा प्रतिष्ठागत क्षति पुर्याएको अभियोगमा उनीमाथि मुद्दा चलेको थियो।
त्यतिबेला उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही गरिएको थियो र पछि अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए। तर अहिले फेरि उही प्रकृतिको अपराधमा संलग्न भएको पुष्टि भएपछि उनलाई पुनः पक्राउ गरिएको हो।सीआईबीले जनाएको अनुसार देउजाले अनलाइन टेन्डरको अन्तिम समय सकिएपछि प्रणालीमा पहुँच बनाउँदै अन्य कम्पनीहरूको प्रस्ताव हेर्ने र त्यसलाई संशोधन गरेर आफ्ना पक्षका प्रस्तावलाई सबैभन्दा कम मूल्यमा परिवर्तन गर्ने गरेका थिए। यसरी उनीहरूले विभिन्न ठेक्का हात पार्दै आएको अनुसन्धानबाट खुलेको छ।
नेपालको ई–गभर्नेन्स प्रोक्युरमेन्ट प्रणाली ह्याक प्रकरणमा पहिले नेपाल टेलिकम सर्भर ह्याकमा पक्राउ परेका कर्मचारी पुनः संलग्न भएको खुलासा। सीआईबीले १३ जनालाई पक्राउ गर्यो।
यो कामका लागि उनले विभिन्न निर्माण कम्पनीहरूसँग मिलेमतो गर्ने, रकममा सहमति भएपछि मात्र प्रणालीमा छेडछाड गर्ने गरेको पाइएको छ। यस प्रकरणमा अन्य ह्याकरहरूको समेत संलग्नता हुन सक्ने आशंका गरिएको भए पनि त्यसबारे आधिकारिक रूपमा विवरण सार्वजनिक गरिएको छैन।यसअघि परेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो ले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। पछि यो ठूलो संगठित अपराध भएको संकेत पाएपछि अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको हो।
हालसम्म यस प्रकरणमा १३ जना पक्राउ परिसकेका छन्, जसमा १० जना निर्माण व्यवसायी पनि रहेका छन्। पक्राउ पर्नेमा विभिन्न जिल्लाका ठेकेदार, कम्पनी सञ्चालक तथा संलग्न व्यक्तिहरू रहेका छन्।अनुसन्धानका क्रममा विगत केही वर्षदेखि ठूला सरकारी ठेक्काहरूमा यस्तै तरिकाले हस्तक्षेप गर्दै परिणाम प्रभावित बनाइएको देखिएको छ। यसले सार्वजनिक खरिद प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
यो पनि पढ्नुहोस: रोल्पामा जिप दुर्घटना: एकै परिवारका ७ सहित २० जनाको मृत्यु, विश्वभर २५८८औँ बुद्ध जयन्ती मनाइँदै, यस्तो छ यसको विशेष महत्व, त्रिविका शीर्ष पदाधिकारीको राजीनामा घोषणा, सरकारलाई मार्ग खुला गर्ने निर्णय, सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै, मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?, बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते, पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार, ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित), कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ, लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ, छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply