१९, वैशाख धनुषा | धनुषाबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषा का अनुसार मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरका २६ वर्षीय गणेशकुमार यादव र ४३ वर्षीय जितेन्द्रकुमार यादवलाई नियन्त्रणमा लिइएको हो।शुक्रबार बिहान करिब साढे ४ बजे लक्ष्मीपुरस्थित बर्थिङ सेन्टर नजिकै प्लास्टिकले बेरिएको अवस्थामा राखिएको पाँचवटा बोरा जाँच गर्ने क्रममा १३७ किलो गाँजा बरामद भएको प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
धनुषाको लक्ष्मीपुरबाट १३७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकल र मोबाइलसमेत बरामद गरिएको छ।
प्रहरीले उनीहरूलाई उक्त गाँजासहित भारतीय नम्बर प्लेट (BR 32 D 5892) भएको मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। साथै उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरिएको छ।पक्राउ परेकामाथि लागुऔषध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ, ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ, मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply