२६ वैशाख, काठमाडौं । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार (वैशाख २५) घिमिरेलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी आरोपमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन उनलाई पक्राउ गरिएको जानकारी दिए । उक्त सहकारीले करिब १५० बचतकर्ताको १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ । रासस
पृष्ठभूमि
नेपालमा पछिल्लो समय सहकारी क्षेत्रमा अनियमितता र ठगीका घटना बढिरहेका छन्। नियमन र अनुगमन कमजोर हुँदा सर्वसाधारणको बचत जोखिममा पर्ने समस्या बारम्बार देखिँदै आएको छ।
यो पनि पढ्नुहोस: सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू, हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply