१६ जेठ , काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय आज वर्षाको सम्भावना, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न भागमा वर्षा र बदलीको अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ।हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
आज दिनभर वर्षाको सम्भावना
महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।त्यस्तै मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।
हावाहुरीको जोखिम
मौसम विभागले देशका तराई तथा पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। खराब मौसमका कारण दैनिक जनजीवन, कृषि कार्य तथा सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको मौसम
आज राति सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रको यात्रा गर्ने नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिएका छन्।
यो पनि पढ्नुहोस:विश्वकप खेल्ने इरानको टोलीलाई अझै अमेरिकाले दिएन भिसा | २०२६ FIFA World Cup, आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा सार्वजनिक हुँदै, मुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुने, आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा, कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?, पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ, पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु, बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर, चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply