१६ जेठ ,काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको रकमलाई कानुनी प्रक्रिया पूरा गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने घोषणा गरेको छ। साथै, वास्तविक हकवालाले दाबी गरेमा उक्त रकम फिर्ता पाउने व्यवस्था यथावत् रहने सरकारको भनाइ छ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थामा वर्षौंदेखि प्रयोग नभएका खाताहरूको विवरण संकलन गरी निष्क्रिय रकम व्यवस्थापन गर्ने नीति सार्वजनिक गरेका हुन्।
सरकारका अनुसार १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका खाताहरूको विवरण संकलन गरी हकवालाले दाबी नगरेको रकमलाई कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याइनेछ। त्यसपछि उक्त रकम उत्पादनमूलक तथा विकासमुखी क्षेत्रमा उपयोग गर्ने योजना रहेको छ।अर्थमन्त्री वाग्लेले निष्क्रिय कोषको पहिचान, संकलन र व्यवस्थापन सम्बन्धी सम्पूर्ण प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए। यसका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गरेर आवश्यक तथ्यांक संकलन गरिनेछ।
सरकारले १० वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक खाताको रकम कानुनी प्रक्रिया पूरा गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने घोषणा गरेको छ। हकवालाले दाबी गरे रकम फिर्ता पाइने व्यवस्था रहनेछ।
हालको व्यवस्थाअनुसार बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभए र कल तथा चल्ती खातामा १ वर्षभन्दा बढी समय कारोबार नभए ती खातालाई निष्क्रिय मानिन्छ। यद्यपि, त्यस्ता खातामा रहेको रकम स्वतः सरकारको स्वामित्वमा जाने व्यवस्था भने छैन।यसअघि २० वर्षसम्म निष्क्रिय रहेका खाताको रकम नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंकिङ विकास कोषमा जम्मा गर्ने व्यवस्था लागू हुँदै आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त कोषमा हाल करिब १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस रकममा निष्क्रिय खाताबाट प्राप्त रकमसँगै अन्य विभिन्न स्रोतबाट संकलित रकम पनि समावेश रहेको बताइएको छ।
सरकारको नयाँ नीतिले लामो समयदेखि प्रयोगमा नआएका वित्तीय स्रोतलाई आर्थिक गतिविधिमा परिचालन गर्ने अपेक्षा गरिएको छ। साथै, वास्तविक हकवालाले आफ्नो दाबी प्रस्तुत गरेमा रकम फिर्ता पाउने अधिकार सुरक्षित रहने सरकारको स्पष्ट व्यवस्था रहेको छ।
यो पनि पढ्नुहोस:विश्वकप खेल्ने इरानको टोलीलाई अझै अमेरिकाले दिएन भिसा | २०२६ FIFA World Cup, आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा सार्वजनिक हुँदै, मुग्लिन–पोखराको सडक खण्ड आगामी असारसम्म पूरा नहुने, आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा, कसरी चल्दैछ विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय ?, पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ, पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु, बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर, चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply