रवि लामिछाने स्वदेश फर्किंदै, आजै शिशिर खनाल भारत जाँदै

२२ जेठ, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन्। उनी फर्किने दिन नै शिशिर खनाल परराष्ट्रमन्त्रीको हैसियतमा भारत भ्रमणमा प्रस्थान गर्दै छन्।भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत गएका थिए। भ्रमणका क्रममा उनले नरेन्द्र मोदी, एस जयशंकर, अमित शाह लगायत भारतीय उच्च नेतृत्वसँग भेटवार्ता गरेका थिए। साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर सँग पनि भेट गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणपछि स्वदेश फर्किएका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत प्रस्थान गर्दै छन्। मोदी, जयशंकर र अमित शाहसँगको भेटवार्ता।

रवि लामिछाने नेतृत्वको टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए।

यसैबीच, परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री शिशिर खनाल समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जाँदै छन्। भ्रमणका क्रममा उनले भारतीय नेतृत्वसँग नेपाल–भारत सम्बन्ध, सीमा समस्या तथा दुई देशका साझा हित र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।रवि लामिछानेको भ्रमण सम्पन्न भएसँगै उच्चस्तरीय नेपाली राजनीतिक नेतृत्वको भारत आवागमन निरन्तर रहने संकेत देखिएको छ।


यो पनि पढ्नुहोस:कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा, सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्मसरकारले २५ संस्था खारेज , 55 सरकारी निकाय फेरबदल गर्दै ,  लिपुलेक, लिम्पियाधुरा विवादमा भारतको जवाफ, वार्तामार्फत समाधान खोजिने५ दिने भ्रमणका लागि आज भारत जाँदै रवि लामिछाने,  गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या,  अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्रमुनि चल्ने ड्रोन प्रविधि विकास गर्नेआज यी प्रदेशमा वर्षाको सम्भावना, तराई र पहाडी क्षेत्रमा हावाहुरीको चेतावनीबैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्