हास्य कलाकार खेम शर्माको निधन

७ असार ,काठमाडौं । नेपाली हास्य क्षेत्रमा परिचित नाम रहेका हास्य कलाकार खेम शर्माको निधन भएको छ।हास्य कलाकार शिवहरि पौडेल का अनुसार शर्माको अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो।

पछिल्ला केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए। लामो उपचारका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि निधन भएको बताइएको छ। खेम शर्मा टेलिफिल्म चतुरेको दाउपेच मार्फत नेपाली दर्शकमाझ लोकप्रिय बनेका थिए। उक्त टेलिफिल्ममा निर्वाह गरेको ‘चतुरे’ पात्रका कारण उनी घरघरमा परिचित भएका थिए।

हास्य अभिनयमा विशिष्ट पहिचान बनाएका शर्माले विभिन्न टेलिफिल्म, चलचित्र तथा मनोरञ्जनात्मक कार्यक्रमहरूमा अभिनय गरेका थिए। उनले पछि चतुरेको दाउपेच नामक चलचित्र निर्माणसमेत गरेका थिए। उनको निधनले नेपाली हास्य तथा मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन्। सामाजिक सञ्जालमा कलाकार, दर्शक र शुभचिन्तकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरिरहेका छन्।


यो पनि पढ्नुहोस:  बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावित, पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमाकर्णाली सरकारले जेठमा मात्रै गर्‍यो २ अर्ब ४० करोड बजेट खर्च,  काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने,  इरानमा लगानी बढाउन ३०० अर्ब डलरको कोष प्रस्ताव,  केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,   भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्