लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ |

८ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरू अवैध लागुऔषधसहित पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार भीमदत्त–१८ स्थित कटानको गौरा मन्दिर टोल क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको टोलीले जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो।

खानतलासीका क्रममा उनको शरीरबाट कालो प्लास्टिकको पोकोमा लुकाएर राखिएको प्रोमेथाजिन हाइड्रोक्लोराइडका १५ एम्पुलबुप्रेनोर्फिन हाइड्रोक्लोराइडका १५ एम्पुल गरी जम्मा ३० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार पक्राउ परेकी जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


यो पनि पढ्नुहोस:हास्य कलाकार खेम शर्माको निधन,  बाढी र पहिरोको प्रभाव : देशका विभिन्न राजमार्गमा यातायात प्रभावितपासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमाकर्णाली सरकारले जेठमा मात्रै गर्‍यो २ अर्ब ४० करोड बजेट खर्च,  काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकाले शुक्रबार शोक बिदा दिने,  इरानमा लगानी बढाउन ३०० अर्ब डलरको कोष प्रस्ताव,  केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,   भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्