३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

१५ असार, काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बग्ने साना नदी र खोलामा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार आज ३४ भन्दा बढी जिल्लाका साना तथा सहायक नदीहरूमा आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको छ। नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ।

आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्ने अनुमान गरिएको छ। त्यस्तै कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी (दिपायल क्षेत्र), डडेल्धुरा, अछाम तथा आसपासका क्षेत्रमा बग्ने खोलानालामा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अझै दुई दिन जोखिम कायम

महाशाखाका अनुसार बाढीको जोखिम आज मात्र सीमित रहने छैन। भोलि र पर्सिसम्म पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदीमा पानीको सतह अचानक बढ्न सक्ने अनुमान गरिएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा पनि बहाव बढ्ने सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

ठूला नदीको अवस्था भने सामान्य

साना नदीमा जोखिम देखिए पनि देशका प्रमुख नदीहरू भने हाल सुरक्षित अवस्थामा रहेका छन्। आज बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका मुख्य सहायक नदीहरूको जलसतह अझै सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाल सामान्य अवस्थामा रहेको छ। महाशाखाले वर्षा भइरहेका क्षेत्रमा नदी किनार, खोला तर्ने स्थान तथा बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासनले जारी गर्ने सूचनालाई ध्यानपूर्वक पालना गर्न सबैलाई आग्रह गरेको छ।


यो पनि पढ्नुहोस:युरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्यु, आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सुरु, अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुँदै,   हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षतितीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधनकेन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,  इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमणबीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्