७ साउन, काठमाडौं । पशु सेवा विभागले साउन १ गतेदेखि नेपालमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि नभएको जनाएको छ। विभागका अनुसार पछिल्लो समय संक्रमण नियन्त्रणमा आउँदै गएको छ भने प्रभावित क्षेत्रहरूमा निगरानी र परीक्षणलाई निरन्तरता दिइएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। त्यसयता नयाँ संक्रमण नदेखिएको उनले बताए। उनका अनुसार संक्रमित क्षेत्र वरपरबाट नमुना संकलन गरी नियमित परीक्षण भइरहेको छ।
११ जिल्लामा देखिएको थियो संक्रमण
विभागका अनुसार बर्डफ्लु पहिलोपटक चैत ४ गते मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको थियो। त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चैत ६ गते प्रभावित क्षेत्र घोषणा गरेको थियो। हालसम्म ११ जिल्लामा संक्रमण देखिएको विभागले जनाएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। तीमध्ये:
- काठमाडौं : ३२ स्थान
- ललितपुर (सदर चिडियाखानासहित) : १५ स्थान
- भक्तपुर : ४५ स्थान
- काभ्रेपलाञ्चोक : २७ स्थान
८ लाखभन्दा बढी पन्छी नष्ट
वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार संक्रमण नियन्त्रणका क्रममा देशभर:
- ८ लाख ३५ हजार ५६३ वटा पन्छी
- ११ लाख ६५ हजार ६६३ वटा अण्डा
- २ लाख ४५ हजार ३५ किलो दाना
नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको विभागले जनाएको छ।
किसानलाई ५० करोडभन्दा बढी राहत
बर्डफ्लुबाट प्रभावित किसानलाई राहतस्वरूप सरकारले ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ वितरण गरिसकेको विभागले जनाएको छ। सरकारले राहत वितरणका लागि ५२ करोड रुपैयाँ व्यवस्थापन गरेको थियो, जसअन्तर्गत हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकको खातामा राहत रकम पठाइसकिएको छ।
अण्डा र मासुको खपत बढ्न थाल्यो
संक्रमण नियन्त्रणमा आएसँगै कुखुराको मासु र अण्डाको खपत बढ्न थालेको विभागले जनाएको छ। यससँगै बजारमा मूल्य सुधार हुन थालेको र किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। विभागका अनुसार सरकारको तदारुकता, प्रयोगशालाको नियमित परीक्षण र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सफल भएको हो। अब थप संक्रमण फैलिने सम्भावना पनि न्यून रहेको विभागको भनाइ छ।
यो पनि पढ्नुहोस:विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–, काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै, कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदान, कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात






















Leave a Reply