१८ साउन, काठमाडौं । विद्यालय शिक्षा ऐन अझै जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलनको तयारी थालेको छ। महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र शिक्षकका मागहरू सम्बोधन हुन नसकेको निष्कर्ष निकाल्दै नयाँ आन्दोलनको संकेत गरेको हो। काठमाडौंमा आयोजित नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन नै अन्तिम विकल्प बनेको बताए। उनले आन्दोलनको उद्देश्य सबै शिक्षकका माग र विद्यालय शिक्षा ऐनलाई समेट्ने अग्रगामी कानुन ल्याउन सरकारलाई दबाब दिनु रहेको स्पष्ट पारे।
उनले विगतका आन्दोलनले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गर्दै त्यसको कारण आन्दोलन नभई राजनीतिक परिस्थितिलाई जिम्मेवार ठहराए। उनका अनुसार त्यसबेला विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पुगे पनि त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण प्रक्रिया अघि बढ्न सकेन।
सुवेदीले आफू आगामी भदौ १८ गतेदेखि अवकाशमा जान लागेको जानकारी दिँदै त्यसअघि नै आन्दोलनको कार्यक्रम सार्वजनिक हुन सक्ने संकेत पनि गरे। उनले सरकारले शिक्षकका विभिन्न वर्गका समस्या समाधान गर्न नसकेको आरोप लगाए। विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक तथा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूको तलब वृद्धि नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, नयाँ शिक्षक नियमावलीले सरुवा प्रक्रिया थप जटिल बनाएको र बढुवाका लागि राखिएको मूल्यांकन प्रणाली शिक्षकमैत्री नभएको उनको भनाइ थियो। अस्थायी शिक्षकहरूको भविष्य अझै अन्योलमा रहेको, उमेर हदका कारण सेवा छाड्नुपर्ने शिक्षकहरू उचित व्यवस्थाबिनै घर फर्किन बाध्य भएको तथा प्रधानाध्यापकको अधिकारसमेत कमजोर बनाइएको उनले बताए। सुवेदीले स्थानीय तहसँग समन्वयका नाममा विद्यालय प्रशासनमाथि अनावश्यक दबाब सिर्जना भएको उल्लेख गर्दै शिक्षकहरूको पेशागत अधिकार सुरक्षित गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे।
उनले ट्रेड युनियन अधिकारमाथि हुने हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गर्दै शिक्षकका जायज माग पूरा नभएसम्म महासंघले आन्दोलनको बाटो नछोड्ने चेतावनी दिए।
यो पनि पढ्नुहोस:विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा प्रहरी छापा, शंकास्पद वस्तु फेला परेन, कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ, गोठाटार आगलागीमा १४ पसल जले, ९ दमकलको सहयोगमा आगो नियन्त्रण, बागमती प्रदेश मन्त्रालय भवनका लागि ३,४८४ रुख काटिने, हेटौँडामा निर्माण प्रक्रिया अघि बढ्यो, एकै रातमा टुट्यो युरोपको सपना,फर्किए हजारौं आप्रवासी 57 जनाको मृत्यु, अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी ठगी मुद्दा दायर, बूढानीलकण्ठको घरजग्गा कब्जाको आरोप, एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रह, एनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात





















Leave a Reply