१६ साउन, मकवानपुर । बागमती प्रदेशको स्थायी राजधानी हेटौँडामा एकीकृत प्रशासनिक भवन (मन्त्रालय भवन) निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र डिभिजन वन कार्यालय मकवानपुरबीच सम्झौता भएपछि निर्माणस्थलमा रहेका रुख कटानको प्रक्रिया सुरु गरिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा वन तथा भू–संरक्षण विभागको स्वीकृतिअनुसार हेटौँडा–१६ र १७ स्थित सामुदायिक वन क्षेत्रमा रहेका रुख हटाएर प्रशासनिक भवन निर्माणको बाटो खुला गरिएको हो।
पहिलो चरणमा ३ हजार ४८४ रुख हटाइने
डिभिजन वन कार्यालयका अनुसार पहिलो चरणमा ३ हजार ४८४ वटा रुख काटिनेछन्।
- चुरेकाली लेक सामुदायिक वन (हेटौँडा–१७) बाट १७८ वटा सिसौका रुख तथा पोल हटाइने।
- घ्याम्पे सामुदायिक वन (हेटौँडा–१६) बाट विभिन्न प्रजातिका ३ हजार ३०६ वटा रुख कटान गरिने।
यसबाट करिब १६ हजार ६०८ क्युफिटभन्दा बढी काठ र ठूलो परिमाणमा दाउरा उत्पादन हुने अनुमान गरिएको छ।
थप २ हजारभन्दा बढी रुख तत्काल नकाटिने
भवन निर्माण क्षेत्रको उत्तर–पश्चिमतर्फ रहेको करिब १०० मिटर क्षेत्रका रुख भने तत्काल नकाटिने जनाइएको छ। उक्त क्षेत्रमा २ हजारभन्दा बढी रुख रहेका छन्।
टेन्डरमार्फत कटान प्रक्रिया
रुख कटानका लागि सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आह्वान गरिनेछ।
- वन कार्यालयले लागत अनुमान तयार गर्ने।
- मन्त्रालयले २१ दिने सार्वजनिक सूचना प्रकाशित गर्ने।
- बोलपत्र मूल्याङ्कनपछि ठेक्का सम्झौता गरी कटान कार्य सुरु गरिने।
वातावरणीय संरक्षणका लागि २८ बुँदे सर्त
सम्झौतामा वातावरण संरक्षणलाई ध्यान दिँदै २८ बुँदे सर्त समावेश गरिएको छ।
मुख्य सर्तहरूमा:
- जमिनबाट ६ इन्चभन्दा बढी ठुटो नराख्ने।
- प्रत्येक काठमा रुख नम्बर र नाप स्पष्ट उल्लेख गर्ने।
- माटो कटान, भूस्खलन वा वातावरणीय क्षति हुन नदिने।
- वन्यजन्तु संरक्षणमा आयोजना जिम्मेवार रहने।
- अतिरिक्त रुखमा क्षति पुगे आयोजनाबाट क्षतिपूर्ति असुल गरिने।
काठ सामुदायिक वनलाई नै हस्तान्तरण हुने
कटानपछि उत्पादन हुने काठ तथा दाउराको स्वामित्व सम्बन्धित चुरेकाली लेक र घ्याम्पे सामुदायिक वन उपभोक्ता समूहलाई नै हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।
एउटै परिसरबाट सञ्चालन हुने प्रदेश सरकार
बागमती प्रदेशको राजधानी घोषणा भएदेखि नै मन्त्रालयहरू विभिन्न भाडाका तथा पुराना सरकारी भवनबाट सञ्चालन हुँदै आएका छन्। निर्माण सम्पन्न भएपछि प्रदेशका सबै मन्त्रालय तथा सरकारी निकाय एउटै प्रशासनिक परिसरबाट सञ्चालन हुने अपेक्षा गरिएको छ, जसले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रदेश सरकारको विश्वास छ।
यो पनि पढ्नुहोस:एकै रातमा टुट्यो युरोपको सपना,फर्किए हजारौं आप्रवासी 57 जनाको मृत्यु, अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी ठगी मुद्दा दायर, बूढानीलकण्ठको घरजग्गा कब्जाको आरोप, एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रह, एनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ, अमेरिका र साउदीले इराकमा हवाई हमला, इरान समर्थित समूहलाई लक्ष्य बनाएको दाबी, देवानगञ्ज घटनापछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु, शीर्ष नेताहरू सहभागी, रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको माग, झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात






















Leave a Reply