१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी ४के टेलिभिजनका सामान लिलाम गरिने

१२ जेठ, काठमाडौं । महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत सञ्चालित ग्यालेक्सी ४के टेलिभिजनलाई १५ दिनभित्र बाँकी बहाल रकम बुझाएर आफ्नो सरसामान लैजान अन्तिम चेतावनी दिएको छ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सामान नहटाए कानुनी प्रक्रिया अनुसार लिलाम गरिने जनाएको हो।काठमाडौं महानगरपालिका वडा नं. ३ का घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष G.B. Rai विरुद्ध घरजग्गा खाली गराइदिन र बाँकी भाडा असुल गराइदिन माग गर्दै मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरजग्गा खाली गराउने तथा बहाल रकम र बहाल कर प्रतिवादीबाट असुल गर्ने निर्णय गरेको थियो। निर्णय कार्यान्वयन नभएपछि Patan High Court ले २०८२ साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो।

अदालतको आदेशपछि महानगरपालिकाले २०८२ कात्तिक १४ गते ग्यालेक्सी ४के टेलिभिजन रहेको भवन खाली गराएको थियो। तर, ६ महिना बितिसक्दा पनि टेलिभिजनका उपकरण र अन्य सरसामान अझै सोही स्थानमा रहेको जनाइएको छ।

घरधनी मिश्रले ती सामान लिलाम गर्न माग गर्दै महानगरमा निवेदन दिएपछि महानगरले १५ दिने अन्तिम सूचना प्रकाशित गरेको हो।महानगरले जारी गरेको सूचनामा १५ दिनभित्र बाँकी बहाल रकम बुझाई सामान नलगिए ‘काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ को दफा ७० अनुसार लिलाम प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राई हाल फरार अवस्थामा छन्। उनी अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क अन्तर्गतको ग्यालेक्सी ४के टेलिभिजन पनि हाल बन्द अवस्थामा रहेको छ।


यो पनि पढ्नुहोस: चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैन, खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ, राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्तावभारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब,  नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगीक्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्