९ जेठ, काठमाडौं । नेपालभर क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव भएपछि बिरामी र अस्पताल दुवै गम्भीर समस्यामा परेका छन्। विशेषगरी किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ जस्ता जीवनरक्षक औषधि बजारमा नपाउँदा उपचार सेवा प्रभावित भएको चिकित्सकहरूले बताएका छन्।
वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्धा चापागाईंका अनुसार यी औषधि अधिकांश प्रकारका क्यान्सर उपचारमा अनिवार्य मानिन्छन्। नेपालमा उत्पादन नहुने भएकाले पूर्ण रूपमा विदेशबाट आयात गरिने यी औषधिको आपूर्ति रोकिँदा बिरामीको ज्यानै जोखिममा परेको उनले बताइन्।उनले भनिन्, “यी औषधिको विकल्प छैन। समयमै किमोथेरापी नपाउँदा क्यान्सर तीव्र रूपमा फैलिन सक्छ।”
नेपालका अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको अभाव भएपछि बिरामीको उपचार प्रभावित भएको छ। चिकित्सकहरूले यसलाई गम्भीर स्वास्थ्य संकट बताएका छन्।
वीर अस्पतालमा मात्रै दैनिक करिब ४५ जना बिरामीलाई यी औषधि आवश्यक पर्ने जनाइएको छ। पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीका अनुसार दुई सातादेखि औषधिको चरम अभाव देखिएको छ।उनका अनुसार फोक्सो, स्तन, अण्डासय, पेट, ठूलो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सर उपचारमा प्लाटिनम समूहका यी औषधि अत्यधिक प्रयोग गरिन्छ। औषधि नपाएपछि बाध्य भएर वैकल्पिक औषधि प्रयोग गरिए पनि त्यसको प्रभावकारिताबारे पर्याप्त प्रमाण नरहेको उनले बताए।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले यी औषधि दशकौँदेखि प्रयोग हुँदै आएका प्रभावकारी र तुलनात्मक रूपमा सस्ता औषधि भएको बताए। उनका अनुसार दैनिक ८० जनासम्म किमोथेरापी गराइरहेका बिरामीमध्ये झन्डै ५० जनालाई यी औषधि आवश्यक पर्छ।औषधि अभावका कारण उपचार नै रोकिएपछि कालोबजारी र अनधिकृत आयातको जोखिम समेत बढ्न सक्ने चिकित्सकहरूको चेतावनी छ।औषधि आयातकर्ताहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्नु, खाडी क्षेत्रमा जारी तनाव तथा नेपालमा लामो समयदेखि मूल्य समायोजन नहुनु समस्या बढ्नुको मुख्य कारण भएको बताएका छन्।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार नेपालमा २०७२ सालपछि क्यान्सर औषधिको मूल्य समायोजन गरिएको छैन। तर अन्तर्राष्ट्रिय बजारमा प्लाटिनम तथा अन्य कच्चा पदार्थको मूल्य धेरै गुणा बढिसकेको छ।औषधि व्यवस्था विभागले पनि समस्या स्वीकार गर्दै मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ। विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार पुरानै सरकारी मूल्यका कारण आयातकर्ताले नयाँ मूल्यमा औषधि ल्याउन नसकेको अवस्था छ।
स्वास्थ्य मन्त्रालयले समस्या समाधानका लागि सरोकारवालासँग छलफल सुरु गरेको जनाएको छ।
यो पनि पढ्नुहोस: पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, बाराका रास्वपा सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्काशित बालिका बलात्कार आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ, कावासोतीमा गैँडा मृत्यु प्रकरण : करेन्ट लगाएर मारेको पुष्टि, नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्री, बेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारी, प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग, निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बने, विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply