राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव

राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव

११ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संविधान संशोधनसम्बन्धी विधेयक अस्वीकृत भए संयुक्त सदनमार्फत अघि बढाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । यो व्यवस्था नयाँ प्रतिनिधिसभा नियमावलीमा समावेश गरिएको हो । गत २८ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन २०८३’ प्रस्तुत गरेका थिए ।

प्रस्तावित नियमावलीको नियम १४० मा संविधान संशोधन विधेयकको कार्यविधिबारे उल्लेख गरिएको छ । त्यसअन्तर्गत उपनियम ११ मा प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भए पनि दुवै सदनका कुल सदस्य संख्याको कम्तीमा दुई तिहाइ मत पुगे संयुक्त प्रक्रियाबाट अगाडि बढाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।प्रतिनिधिसभा नियमावली २०७९ मा यस्तो प्रावधान थिएन ।

नियमावली मस्यौदा समितिका सदस्य मधु चौलागाईंका अनुसार कुनै एक सदनले अस्वीकृत गरे पनि संयुक्त सदनबाट लोकतान्त्रिक ढंगले निर्णय लिन सकिने अवधारणाका आधारमा यो व्यवस्था प्रस्ताव गरिएको हो ।अर्का सदस्य यज्ञमणि न्यौपानेले संविधानको धारा २७४ को उपधारा ८ कार्यान्वयन गर्न उक्त प्रावधान समावेश गरिएको बताए । उनका अनुसार संविधान संशोधन विधेयक पारित गर्न संघीय संसदका दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक हुने व्यवस्थालाई स्पष्ट पार्न नियमावलीमा नयाँ व्यवस्था राखिएको हो ।

प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक राष्ट्रिय सभाले फेल गरे संयुक्त सदन बस्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। संविधानविद्हरूले भने यसलाई संविधानविपरीत हुन सक्ने बताएका छन्।

तर संविधानविद् पूर्णमान शाक्यले भने संविधान संशोधन विधेयकका लागि संयुक्त सदन बस्न नसक्ने तर्क गरेका छन् । उनका अनुसार संविधानमा संयुक्त सदनको व्यवस्था साधारण विधेयकका लागि मात्रै गरिएको हो, संविधान संशोधनका लागि होइन ।

उनले संविधानको धारा १११ मा संयुक्त बैठकसम्बन्धी व्यवस्था भए पनि संविधान संशोधनसम्बन्धी धारा २७४ मा संयुक्त सदनको उल्लेख नभएको बताए ।शाक्यका अनुसार यदि प्रतिनिधिसभा नियमावलीमार्फत संविधान संशोधन विधेयक संयुक्त सदनबाट पारित गर्न खोजिएको हो भने त्यो संविधानको मर्मविपरीत हुन सक्छ । image source: AI-generated


यो पनि पढ्नुहोस: भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब,  नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगीक्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

5 comments
ओलीको असहमतिबीच एमालेमा कार्यदल गठन, नेतृत्व परिवर्तनबारे बहस

[…] पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान…, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको […]

असोजभित्रै सिद्धबाबा सुरूङमार्ग सञ्चालन गर्ने तयारी, 68% काम सम्पन्न

[…] पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान…, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको […]

खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, 1 जना पक्राउ

[…] पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान…, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको […]

चिलीमा 6.9 म्याग्निच्युडको भूकम्प,क्षतिको विवरण प्राप्त भएको छैन

[…] पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान…, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको […]

15 दिनभित्र बहाल नबुझाए ग्यालेक्सी ४के टेलिभिजन लिलाम गरिने

[…] बराबरको अवैध भेप बरामद, एक जना पक्राउ, राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान…, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको […]