अमेरिकाले इरानमाथि नाकाबन्दी घोषणा, हर्मुज क्षेत्रमा तनाव बढ्यो

३० चैत काठमाडौं। अमेरिका र इरानबीच इस्लामावाद मा भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले इरानमाथि समुद्री नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले जारी गरेको वक्तव्यअनुसार सोमबारदेखि लागू हुनेगरी इरानी बन्दरगाहमा प्रवेश गर्ने तथा बाहिरिने सबै समुद्री जहाजहरूमा निगरानीसहित नाकाबन्दी गरिनेछ।अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार केही जहाजहरूलाई इरानी पोर्टतर्फ जानबाट रोकिएको छ भने अमेरिकी नौसेनाले थप निगरानी बढाएको छ।

अमेरिकाले इरानमाथि नाकाबन्दी हर्मुज क्षेत्रमा तनाव

यद्यपि स्ट्रेट अफ हर्मुज हुँदै अन्य देशतर्फ जाने जहाजहरूलाई भने अवरोध नगरिने जनाइएको छ।यो कदम इरानले जलमार्ग हुँदै जाने जहाजहरूबाट शुल्क उठाउने प्रस्ताव राखेपछि र त्यसमा सहमति नजुटेपछि आएको हो। यससँगै दुई देशबीचको युद्धविरामसमेत जोखिममा परेको संकेत देखिएको छ। यसअघि अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई शुल्क तिर्ने जहाजहरूलाई समेत रोक्ने चेतावनी दिएका थिए। उनले हर्मुज क्षेत्रमा इरानले राखेको बारूदी जोखिम हटाउने अभियान सुरु गरिने पनि बताएका छन्।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (IRGC)ले अमेरिकी कदमको कडा विरोध गर्दै कुनै पनि अमेरिकी सैन्य गतिविधिलाई युद्धविराम उल्लंघन मानिने चेतावनी दिएको छ।इरानी अधिकारीहरूले हर्मुज जलमार्ग अझै आफ्नो नियन्त्रणमा रहेको र आवश्यक परे थप कडा कदम चाल्न सक्ने बताएका छन्।

दुवै पक्षबीच २१ घण्टा लामो वार्ता भए पनि हर्मुज मार्गको नियन्त्रण र इरानको आणविक कार्यक्रमजस्ता मुख्य विषयमा सहमति हुन सकेन। वार्ता असफल भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेको छ भने एसियाली शेयर बजारमा गिरावट देखिएको छ। विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने हर्मुज क्षेत्रको अस्थिरताले विश्व अर्थतन्त्रमा थप दबाब पर्ने संकेत देखिएको छ।


ढोका थुनेर म्युजिक बजाउँदै कुटपिट: वीरगञ्जमा युवकको हत्या, ४ जना पक्राउ, हंगेरी चुनाव 2026: भिक्टर अर्बानको १६ वर्षे शासन अन्त्य, पिटर मग्यारको ऐतिहासिक जित, यो पनि पढ्नुहोस:प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्