३ वैशाख, काठमाडौं । — हिजबुल्लाह र इजरायल तनाव फेरि चर्किएको छ। इरान समर्थित हिजबुल्लाह ले इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायली डिफेन्स फोर्सेज ले दक्षिणी लेबनानमा कडा कारबाहीको चेतावनी दिएको छ। इजरायली सेनाका प्रवक्ता अविचाई अद्राई ले दक्षिणी लेबनानमा बसोबास गर्ने नागरिकहरूलाई तुरुन्त सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। उनले जहरानी नदीको उत्तरतर्फ स्थानान्तरण गर्न चेतावनी दिँदै भने, “हिजबुल्लाहका संरचना वा हतियार नजिक बस्नु जोखिमपूर्ण हुनेछ।” इजरायलले नागरिकलाई लक्षित गर्ने उद्देश्य नभएको दाबी गर्दै हिजबुल्लाहका गतिविधिले आफूहरूलाई कारबाही गर्न बाध्य बनाएको जनाएको छ।
हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले दक्षिणी लेबनानका नागरिकलाई स्थानान्तरणको चेतावनी दिएको छ। लाखौँ विस्थापित, इजरायलको कडा चेतावनी अन्तर्राष्ट्रिय चिन्ता बढ्दो।
अर्कोतर्फ, हिजबुल्लाह ले बिहीबार बिहान इजरायलमाथि कैयौँ रकेट आक्रमण गरेको पुष्टि गरेको छ। टेलिग्राममार्फत सार्वजनिक गरिएको वक्तव्यमा लेबनान सीमाक्षेत्र नजिक रहेका इजरायली स्थानहरूलाई निशाना बनाइएको उल्लेख गरिएको छ। हिजबुल्लाहले अमेरिका र इजरायलद्वारा लेबनानमाथि भइरहेको आक्रमण जारी रहेसम्म आफ्नो प्रतिकार पनि जारी रहने चेतावनी दिएको छ।
यसबीच, संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (UNHCR) ले लेबनानमा गम्भीर मानवीय संकट उत्पन्न भएको जनाएको छ। संस्थाका अनुसार हालसम्म करिब १० लाख मानिस विस्थापित भएका छन्, जुन कुल जनसंख्याको करिब २० प्रतिशत हो। यूएनएचसीआरले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल राहत र सहयोगका लागि अपिल गर्दै लेबनानका नागरिकहरूको अवस्था अत्यन्त नाजुक बन्दै गएको चेतावनी दिएको छ।
यो पनि पढ्नुहोस: कम्बोडियाबाट ४६ नेपालीको उद्धार, अनलाइन ठगीमा फसाइएका थिए, सुन तस्करी उजुरी दिने कर्मचारीमाथि नै भ्रष्टाचार मुद्दा दायर, १०० बढी नयाँ कानुन ल्याइँदै, संघीय संसदबाट ४५ विधेयक पास गर्ने तयारी. मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेर अमेरिकी सैन्य संरचनामा निशाना लगाएको दाबी सार्वजनिक भएको छ।फाइनान्सियल टाइम्सले प्रकाशित गरेको रिपोर्टमा यस्तो दाबी गरिएको हो। रिपोर्टअनुसार इरानले गोप्य रूपमा चीनबाट प्राप्त गरेको एक चिनियाँ जासुसी उपग्रह हालैको सैन्य गतिविधिमा प्रयोग गरेको बताइएको छ।, जावलाखेल चिडियाखानाभित्रको पोखरीमा पुरुष मृत फेला, पहिचान खुल्न सकेन, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की, एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply