प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै

वैशाख ४, काठमाडौं | प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध दर्ता गरिएको बालेन साह अवहेलना मुद्दा सुनुवाइका लागि पेसीमा तोकिएको छ। अदालतको अवहेलना सम्बन्धी उक्त मुद्दा सर्वोच्च अदालत का न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापा को संयुक्त इजलासमा पेश हुने भएको हो।अधिवक्ता वर्षाकुमारी झा ले प्रधानमन्त्री बालेनको सार्वजनिक अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै मुद्दा दर्ता गरेकी थिइन्। यसअघि मुद्दाको सन्दर्भमा बालेनले वारेस अनुमति मागेका थिए, तर अदालतले स्वीकृति दिएको थिएन। उनले पुनः बैशाख ३ गते वारेसको अनुमति माग्दै निवेदन दिएका छन्।

प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै | यो विवाद भारतीय फिल्म आदिपुरुष मा प्रयोग गरिएको ‘भारतकी बेटी’ भन्ने संवादसँग जोडिएको छ।

यो विवाद भारतीय फिल्म आदिपुरुष मा प्रयोग गरिएको ‘भारतकी बेटी’ भन्ने संवादसँग जोडिएको छ। उक्त संवाद नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने घोषणा गर्दै बालेनले महानगर प्रहरी परिचालन गरेका थिए।त्यसपछि चलचित्र संघले उच्च अदालत पाटन मा रिट दायर गरेको थियो। न्यायाधीश धीरबहादुर चन्द को एकल इजलासले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशपछि बालेनले सामाजिक सञ्जालमार्फत सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए। साथै राज्य र अदालतसमेत भारतको प्रभावमा रहेको आरोप समेत लगाएका थिए।बालेनको उक्त अभिव्यक्ति संविधान र कानूनी शासन विपरीत रहेको दाबी गर्दै अधिवक्ता झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी हुन्। अब बालेन साह अवहेलना मुद्दा सर्वोच्च अदालतमा औपचारिक सुनुवाइतर्फ अघि बढेको छ।


यो पनि पढ्नुहोस: जनकपुर रिफाइनरीमा भीषण आगलागी, १५ करोडभन्दा बढी क्षति,  सुनसरीमा गैँडाको खागसहित ४ जना पक्राउ, सञ्जालमाथि अनुसन्धान जारी , आज वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने दिन देशभर श्रद्धासाथ मनाइँदै,   रूपन्देहीमा नक्कली नोट कारोबार: ४ जना पक्राउ, हजार दरका नोट बरामद , हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलको कडा चेतावनी, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्