३ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोट क्षेत्रमा घरायसी विवादका कारण चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। महोत्तरीका करिब ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने २५ वर्षीय जाकिर मन्सुरीमाथि चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए। घटनापछि तत्काल उद्धार गरी उनलाई मेडपोइन्ट अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा गएराति करिब ९:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता पवन भट्टराईले घरायसी विवादकै कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन्।
चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोट ले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
यो पनि पढ्नुहोस:मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, सिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउ, माडीमा चेपाङ समुदायका लागि ३९ पक्की घर निर्माण हुँदै, बागमती सरकारको पहल, चीनले २०० बोइङ जेट किन्ने ट्रम्पको दाबी, बजारमा प्रभाव: सेयर ४% ले घट्यो, पूर्वाधार आयोजनामा ढिलाइ रोक्न ‘फास्ट ट्र्याक इजलास’ सिफारिस,, प्रधानमन्त्री कार्यालय झन् शक्तिशाली: मन्त्रालय घटाउँदै सरकारको ठूलो पुनर्संरचना , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply