तम्घासमा फोहोर बिक्री सुरु, पाल्पा नेप्लिज वेष्ट बैंकले  नकुहिने फोहोर किन्ने

१० वैशाख, गुल्मी | पाल्पा नेप्लिज वेष्ट बैंकले नकुहिने फोहोर किन्ने । गुल्मीको सदरमुकाम तम्घासमा अब फोहोर पनि आम्दानीको स्रोत बन्न थालेको छ। नगर विकास तथा वातावरण सरसफाइ समितिले सङ्कलन गर्ने नकुहिने फोहोरलाई नेप्लिज वेष्ट बैंक मार्फत बिक्री सुरु गरिएको हो।

पाल्पा नेप्लिज वेष्ट बैंकले फोहोर किन्ने | प्लास्टिक, फलाम, सिसालगायत नकुहिने फोहोर को मूल्य निर्धारण

सम्झौताअनुसार विभिन्न फोहोरको दर यस प्रकार रहेको छ:

  • प्लास्टिक बोतल: प्रतिकेजी रु १०
  • रेडबुल बोतल: प्रतिकेजी रु ८०
  • एचडिपी प्लास्टिक: प्रतिकेजी रु ८
  • पानी बोतल: प्रतिकेजी रु १०
  • फलाम: प्रतिकेजी रु १५
  • सिसा: प्रतिकेजी रु १
  • टिन: प्रतिकेजी रु ५

दैनिक फोहोर सङ्कलन

रेसुङ्गा नगरपालिका का विभिन्न वडाबाट १,७६५ घरधुरीबाट दैनिक करिब दुई टन फोहोर सङ्कलन हुने गरेको छ।समितिले दुई ट्र्याक्टर, चालक र सहचालकमार्फत साताको छ दिन फोहोर सङ्कलन गर्दै आएको छ।

आम्दानी र व्यवस्थापन

महिनामा चार ट्रक फोहोर बिक्रीबाट करिब २० हजार रुपैयाँ आम्दानी भइरहेको समितिका अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिएका छन्।

वातावरणमा सुधार

पहिले ओख्रेनी क्षेत्रमा फोहोर जलाउँदा दुर्गन्ध फैलिने समस्या थियो। अहिले फोहोर बिक्री हुन थालेपछि त्यो समस्या घटेको स्थानीयहरूले बताएका छन्।यसले खानेपानीका मुहानहरू पनि सफा राख्न सहयोग पुगेको छ, जसले स्थानीय बासिन्दाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको सहयोग

रेसुङ्गा नगरपालिकाले करिब रु १३.८० लाख लगानीमा फोहोर व्यवस्थापनका लागि जमिन सम्याएको छ।नगर प्रमुख खिलध्वज पन्थीले सरसफाइलाई प्राथमिकता दिँदै फोहोर बिक्रीले दोहोरो फाइदा दिएको बताएका छन् — आम्दानी र सफा सहर।

आगामी योजना

अब कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने योजना पनि अघि बढाइएको छ। करिब १४ लाख लागतमा यो परियोजना सुरु गर्ने तयारी भइरहेको छ।


यो पनि पढ्नुहोस: इरानसँग जारी लडाइँका बीच अमेरिकी नौसेनाका मन्त्री हटाइए,  जेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस छिट्टै हुने : मानव अधिकार आयोगकहाँ पुग्यो देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया ?विवादपछि सुधन गुरुङको राजीनामातारकेश्वरमा करेन्ट लागेर युवतीको मृत्युव्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्