सिरहामा २१ किलो गाँजासहित एक व्यक्ति पक्राउ

३१ जेठ, सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पक्राउ पर्ने व्यक्ति धनगढीमाई नगरपालिका–१४ निवासी उमेशकुमार मगर हुन्। उनलाई शनिबार लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि मोटरसाइकलमा सवार मगरको खानतलासी गरिएको थियो। जाँचका क्रममा उनीसँग रहेको २१ किलो गाँजा बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा र मोटरसाइकलसहित मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार सम्बन्धी विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।


यो पनि पढ्नुहोस: हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षति, तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयनअमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउफ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित,  इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमणबीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको मागन्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावनारविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा,  भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्