२० साउन, काठमाडौं । ब्राजिलमा सन् २०२५ मा शरणार्थीको मान्यता माग गर्दै परेका आवेदनमध्ये ९२५ नेपालीको आवेदन अस्वीकृत भएको छ। यो संख्या देशगत हिसाबले पाँचौं ठूलो हो। ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२६’ प्रतिवेदनमा यस्तो उल्लेख छ। सन् २०२५ मा ब्राजिलले कुल २५ हजार ५३८ आवेदन अस्वीकृत गरेको थियो। जसमध्ये भेनेजुएलाका ६ हजार ३८२, क्युबाका ४ हजार ९२०, एङ्गोलाका ४ हजार ६७३, चीनका १ हजार ३१३ र नेपालका ९२५ आवेदन अस्वीकृत भएका थिए। अस्वीकृत नेपाली आवेदनमध्ये ८५८ पुरुष, ६६ महिला र एक जनाको पहिचान नखुलेको उल्लेख छ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले भनेका छन्, “यो वर्ष (२०२६) नेपालीले शरणार्थीको मान्यता माग गर्दै आवेदन दिएको कुनै घटनाको जानकारी हामीसँग छैन। प्रतिवेदनमा उल्लेख भएको संख्या सन् २०२४ मा परेका र प्रक्रियामा रहेका आवेदनको हुनसक्छ।”
ब्राजिलमा शरणार्थी आवेदन दिने अधिकांश नेपाली मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेकाहरू हुन्। उनीहरू ब्राजिलबाट मेक्सिको हुँदै अमेरिका छिर्ने उद्देश्यले तस्करलाई ठूलो रकम बुझाउने गरेको पाइन्छ। डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि आप्रवासीमाथि कडाई बढेसँगै यस्तो यात्राको क्रम घटेको छ। सन् २०२४ मा ब्राजिलमा १ हजार ४३७ जना नेपालीले शरणार्थीको मान्यता माग गर्दै आवेदन दिएका थिए, जुन त्यस वर्ष छैटौं ठूलो संख्या थियो।
यो पनि पढ्नुहोस:होर्मुज खुलाउने कूटनीतिक प्रयास तीव्र, इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्य घट्यो, गोरखाको घ्याम्पेसालमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, रास्वपा सांसद आचार्यको चिन्ता: समितिहरूमा उजुरीहरू समाधान नहुने अवस्था,सार्वजनिक लेखा समितिमा आर्थिक अनियमितताको जाँच आवश्यक : सांसद ठगुन्ना विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा प्रहरी छापा, शंकास्पद वस्तु फेला परेन, कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ, गोठाटार आगलागीमा १४ पसल जले, ९ दमकलको सहयोगमा आगो नियन्त्रण, बागमती प्रदेश मन्त्रालय भवनका लागि ३,४८४ रुख काटिने, हेटौँडामा निर्माण प्रक्रिया अघि बढ्यो, एकै रातमा टुट्यो युरोपको सपना,फर्किए हजारौं आप्रवासी 57 जनाको मृत्यु, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात




















Leave a Reply