२६ चैत काठमाडौँ । राजीव खत्रीले औषधिको अनधिकृत मूल्यवृद्धिका कारण नेपाली जनतामाथि अर्बौँ रुपैयाँको आर्थिक भार परेको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खत्रीले संसद् बैठकमा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर औषधिको मूल्य बढाएको बताएका हुन्। उनका अनुसार महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले नै ५२ ब्रान्डका औषधिमा अनधिकृत मूल्यवृद्धि भएको पुष्टि गरेको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १८० वटा औषधिमध्ये ८८ वटामा करिब ३४ प्रतिशतसम्म मूल्य बढाइएको पाइएको छ। साथै, बढाइएको मूल्य सम्बन्धित देशले तोकेको दरभन्दा पनि बढी रहेको उल्लेख गरिएको छ।
औषधिको मूल्यमा अर्बौँ घोटाला सांसद राजीव खत्रीको आरोप ३४ प्रतिशतसम्म मूल्य बढाइएको पाइएको छ,
औषधि ऐन, २०३५ अनुसार औषधिको मूल्य निर्धारणका लागि औषधि मूल्य अनुगमन समितिले परामर्श परिषद्लाई सिफारिस गर्नुपर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको छ। तर यी प्रक्रिया पालना नगरी मनोमानी ढङ्गले मूल्य वृद्धि गरिएको खत्रीको आरोप छ। यस विषयमा चार वर्षअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भए पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘यो कुनै मनगढन्ते आरोप होइन, महालेखाको प्रतिवेदनले नै देखाएको विषय हो,’ उनले भने। स्वास्थ्य मन्त्रालयको अध्ययनअनुसार बिरामीको सबैभन्दा ठूलो खर्च औषधिमै हुने देखिएको भन्दै उनले महँगो स्वास्थ्य सेवाले मध्यम वर्गलाई कमजोर बनाइरहेको र गरिबहरू उपचार नपाएर जोखिममा पर्ने अवस्था आएको बताए। उनले सभामुखमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै औषधिको नाममा भइरहेको अनियमितता तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
यो पनि पढ्नुहोस:फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply