२ वैशाख, काठमाडौं | दलित कोटा विवाद फेरि चर्चामा आएको छ। काठमाडौं मा लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवा समूहको एक नियुक्ति निर्णय अहिले सर्वोच्च अदालतसम्म पुगेपछि विवाद चर्किएको हो। गण्डकी प्रदेश लोक सेवा आयोगले प्रकाशित गरेको नतिजाअनुसार पर्साका मुकेश सहनी मलाह दलित कोटाबाट हेल्थ असिस्टेन्ट पदमा उत्तीर्ण भई पर्वतको महाशिला गाउँपालिकामा सिफारिस भएका थिए। तर वैकल्पिक सूचीमा रहेका सप्तरीका देवकृष्ण मण्डलले उक्त सिफारिस नियमविपरीत भएको दाबी गर्दै न्यायका लागि विभिन्न निकाय धाएका छन्।देवकृष्ण मण्डलले राष्ट्रिय दलित आयोग, लोक सेवा आयोग र गृह मन्त्रालयसम्म लिखित निवेदन दिएका छन्। उनले दायर गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा करिब आठ महिनादेखि विचाराधीन रहेको छ।
यसैबीच राष्ट्रिय दलित आयोगले देशभरका प्रदेश लोक सेवा आयोगहरूलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै केही जात/थरलाई दलित सूचीबाट हटाइएको जानकारी गराएको छ। आयोगका अनुसार पटवा, चिट्लार, विन, मुखिया, मलाह (सहनी), लोहार र गोढिया समुदायलाई अब दलित सूचीमा नराख्ने निर्णय गरिएको छ। आयोगले ती जात/थरका व्यक्तिहरूलाई जारी गरिएका दलित प्रमाणपत्र खारेज गर्न र भविष्यमा दलित कोटामा गैरदलित समुदायका व्यक्तिहरू सिफारिस नहुने व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।
राष्ट्रिय दलित आयोगका अनुसार कतिपय जिल्ला प्रशासन कार्यालयहरूले ती थरलाई दलितको रूपमा प्रमाणपत्र जारी गरेको पाइएको छ, जसका आधारमा लोक सेवा आयोगका परीक्षामा सहभागी भई सिफारिससमेत भएको उजुरी आएको छ।गण्डकी प्रदेश लोक सेवा आयोगले भने मुकेश सहनीले पेस गरेको कागजात र जिल्ला प्रशासन कार्यालयबाट जारी प्रमाणपत्रका आधारमा दरखास्त स्वीकृत गरिएको र सम्पूर्ण प्रक्रिया पूरा गरी सिफारिस गरिएको स्पष्ट पारेको छ।
यही कारण दलित कोटा विवाद थप जटिल बनेको छ। जातीय सूची र प्रमाणिकताको स्पष्टता नहुँदा यस्तो समस्या आएको बताइन्छ।मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय अदालतबाटै आउने देखिएको छ।देवकृष्ण मण्डलले भने आफू अन्यायमा परेको गुनासो गर्दै भने, “आठ महिनादेखि विभिन्न निकाय धाइरहेको छु, तर न्याय पाउन सकेको छैन।”
यो पनि पढ्नुहोस:आजदेखि देशभर आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालन, डिजिटल नेपालको योजना सार्वजनिक, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की, एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply