२ वैशाख, काठमाडौं | जावलाखेल चिडियाखाना परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जावलाखेलस्थित सदर चिडियाखानाभित्रको पोखरीमा ती पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३० चैत बिहान करिब पौने ११ बजेतिर पोखरीभित्र एक व्यक्ति डुबेको अवस्थामा अचेत भेटिएका थिए। तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।मृत्यु भएका पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन। अन्दाजी ५५ देखि ६० वर्ष उमेर समूहका ती व्यक्ति एक्लै चिडियाखाना घुम्न आएको सीसीक्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएको छ।
जावलाखेल चिडियाखाना परिसरभित्र एक अन्दाजी ५५ देखि ६० वर्ष उमेर समूहका व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
उनले कालो पाइन्ट, पर्पल रंगको हाइनेक र खरानी रंगको स्पोर्ट जुत्ता लगाएको विवरण सार्वजनिक गरिएको छ। छोटो कपाल र फुलेको दाह्री रहेको हुलिया प्रहरीले दिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले मृतकको सनाखतका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। सम्बन्धित व्यक्तिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस:दलित कोटामा ‘गैरदलित’ सिफारिस आरोप, मुद्दा सर्वोच्च अदालतमा विचाराधीन, तीन दशकपछि इसराइल लेबनन वार्ता, अमेरिकामा प्रारम्भिक सहमति, आजदेखि देशभर आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालन, डिजिटल नेपालको योजना सार्वजनिक, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की, एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply