वैशाख २ काठमाडौं । आजदेखि देशभर आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो आर्थिक गणनाका लागि गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिसकेका छन्। कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालयले देशको समग्र आर्थिक अवस्थासँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलन हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
५ हजार गणक जनशक्तिमा देशभर आर्थिक गणना सुरु
यस गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी क्षेत्र तथा सार्वजनिक संस्थानसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ। साथै लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसँग सम्बन्धित आर्थिक गतिविधिका १८ वटा क्षेत्र समेटिने जनाइएको छ।देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, गैरसरकारी संस्था, विद्यालय, अस्पताल लगायतका क्षेत्रको पनि गणना गरिनेछ। यसले देशको वास्तविक आर्थिक संरचना बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। आर्थिक गणनाको तयारीस्वरूप पूर्वचरणका काम फागुन मसान्तमै सम्पन्न भइसकेका थिए। चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन्, जुन असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। यसपटकको गणनाले अझ अद्यावधिक र विस्तृत आर्थिक चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस:डिजिटल नेपालको योजना सार्वजनिक, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की, एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply