११ वैशाख, काठमाडौं — सरकारले संघीय निजामती विधेयक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयक मस्यौदा तयार पारेर औपचारिक रूपमा सार्वजनिक गरेको हो। मन्त्री प्रतिभा रावलले विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव आवश्यक रहेको बताइन्। उनका अनुसार प्राप्त सुझाव तथा प्रतिक्रियालाई समेटेर मस्यौदा परिमार्जन गरिनेछ।
‘मस्यौदामा आएका सुझाव समेटेर मन्त्रिपरिषद्मा पेश गर्नेछौं,’ मन्त्री रावलले भनिन्, ‘त्यसपछि संघीय संसद सचिवालयमा दर्ता गर्ने योजना छ।’सरकारको भनाइअनुसार संघीय निजामती विधेयक मस्यौदा संघीय प्रशासन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको हो।अब विभिन्न क्षेत्रबाट आउने प्रतिक्रिया समेटिएपछि अन्तिम रूप दिएर विधेयक संसदमा पेश गरिनेछ।
हेर्नुहोस् निजामती विधेयक मस्यौदा पूर्णपाठ




यो पनि पढ्नुहोस:डढेलो नियन्त्रण ड्रोन प्रविधि कहिलेदेखि लागू हुन्छ ? १८ बुँदे प्रतिबद्धतामा यी विषय समेटिएका, २५ जना सह-सचिव प्रदेशका मन्त्रालयमा सरुवा, मन्त्रिपरिषद्को निर्णय, आज २०औं लोकतन्त्र दिवस | पूर्वराजा ज्ञानेन्द्र शाह को पोखरा भ्रमण, राजनीतिक भेटघाटमा सक्रिय, व्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्र कारोबारमा दीपक भट्टसँग कनेक्सन, व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply