बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते

१६ वैशाख, बुटवल । बुटवल स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन्। पाल्पा को नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ७ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते | पाल्पा को नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो

दुर्घटना भ्यूटावर नजिकको ओरालो सडकमा भएको थियो, जहाँ स्कुटर सडकबाट करिब ३० मिटर तल खसेको थियो। यस दुर्घटनामा स्कुटर चालक बाणगंगा–७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बुटवल का प्रहरी निरीक्षक थमन बिसीका अनुसार ओभरलोडका कारण स्कुटर नियन्त्रण बाहिर गई दुर्घटना भएको प्रारम्भिक निष्कर्ष छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। उक्त नुवाकोट–बुटवल सडक खण्डमा पछिल्लो समय दुर्घटना दोहोरिने क्रम बढ्दो छ। यही स्थानमा पछिल्ला दुई वर्षमा मात्रै ६ जनाको ज्यान गइसकेको छ। स्थानीयका अनुसार यस सडकमा ट्राफिक प्रहरीको नियमित चेकजाँच नहुँदा दुर्घटना बढ्दै गएको र मानवीय क्षति दोहोरिइरहेको छ।

यो पनि पढ्नुहोस: पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार,  ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना,  कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्दाम्बेको नाम प्रस्तावहर्मुज खोलेर युद्ध अन्त्य गर्ने अमेरिकालाई इरानको नयाँ प्रस्ताव!एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोकामालीमा समन्वित आक्रमण, रक्षामन्त्री सादियो कमारा मृत्युकांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्