एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोका

१४ वैशाख, काठमाडौं । एआईमा नयाँ सम्भावना , नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल ले एआईदेखी लगानीको  ( AI ) र बिग डाटा प्रयोगमार्फत नेपालको अर्थतन्त्रमा नयाँ लगानी अवसर खोल्ने पहल गरेका छन्। बैंकिङ क्षेत्रमा बिग डाटा उपयोग विस्तार गर्न Bank Negara Malaysia ले नेपाललाई प्राविधिक सहयोग गर्ने सहमति जनाएको छ। मलेसियाका गभर्नर अब्दुर रसिद गाफर ले पौडेलको प्रस्ताव स्वीकार गरेका हुन्।

यो पहल विश्व बैंक समूहको ‘स्प्रिङ मिटिङ २०२६ का क्रममा भएको हो, जहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूह को संयुक्त बैठकमा नेपालले एआईमा आधारित आर्थिक सुधारको रोडम्याप प्रस्तुत गरेको थियो।गभर्नर पौडेलले नेपालको मौद्रिक नीति, वित्तीय विश्लेषण र जोखिम व्यवस्थापनमा AI-driven data system प्रयोग गर्ने रणनीति अघि सारेका छन्। मलेसियाबाट प्राप्त हुने सहयोगले आगामी दिनमा नेपालको बैंकिङ प्रणाली अझ आधुनिक र डेटा-आधारित हुने अपेक्षा गरिएको छ।

एआईमा नयाँ सम्भावना, गभर्नर विश्वनाथ पौडेलको पहलमा मलेसियाबाट बिग डाटा सहयोग, IMF बैठकमा महत्वपूर्ण छलफल।

त्यसैगरी, नेपाललाई ग्रे लिस्ट जोखिमबाट जोगाउन गभर्नर पौडेलले अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल पनि अघि बढाएका छन्। एसिया तथा प्यासिफिक ग्रुप अन मनी लण्डरीङ का अधिकारी डेभिड सानन सँगको भेटमा नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा गरेका सुधारबारे जानकारी गराइएको थियो। यसै क्रममा बो ली ले नेपालको आर्थिक स्थिति सकारात्मक रहेको उल्लेख गर्दै मूल्य स्थिरता र विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको बताएका छन्। विश्लेषकहरूका अनुसार AI र Big Data को प्रयोगले नेपालमा investment ecosystem, fintech innovation र digital economy मा नयाँ सम्भावना सिर्जना गर्नेछ।


यो पनि पढ्नुहोस:मालीमा समन्वित आक्रमण, रक्षामन्त्री सादियो कमारा मृत्यु, कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ,  लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउछिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात,  लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ,  रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी,  सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिसमिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्