१४ वैशाख, काठमाडौं। इरानको नयाँ प्रस्ताव! अहिले अन्तर्राष्ट्रिय राजनीतिमा निकै चर्चाको विषय बनेको छ।रानले आफ्नो महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको छ। अमेरिकी मिडिया Axios का अनुसार, इरानले तत्कालका लागि युद्ध रोक्ने र हर्मुज खोल्ने, तर आणविक हतियारसम्बन्धी वार्ता पछि गर्ने प्रस्ताव दिएको हो।अहिले इरानी नेतृत्वभित्र नै आणविक सम्झौताबारे मतभेद देखिएकाले तत्काल सहमति सम्भव नभएको बुझिएको छ। त्यसैले इरानको नयाँ प्रस्ताव! अनुसार उक्त विषयलाई पछि सार्ने रणनीति अपनाइएको देखिन्छ।
इरानको नयाँ प्रस्ताव! अफ हर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकालाई पठाइएको छ। तर डोनाल्ड ट्रम्प नेतृत्वले यसलाई अस्वीकार गर्न सक्ने संकेत देखिएको छ।
तर डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले भने यस प्रस्तावलाई स्वीकार नगर्ने संकेत दिएको छ। अमेरिकाको धारणा अनुसार अहिले हर्मुज खोल्दा इरानमाथि आणविक वार्ताका लागि दबाब घट्नेछ।इरानले युद्ध सुरु भएदेखि नै स्ट्रेट अफ हर्मुज बन्द गरेको थियो। यो जलमार्ग विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यास ढुवानी हुने मुख्य मार्ग हो।यस मार्ग बन्द हुँदा विश्व बजारमा तेलको आपूर्ति घटेर मूल्य आकासिएको छ। जसले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको छ।सुरुमा इरानले आफ्ना जहाजहरूलाई मात्र सञ्चालन गर्न दिएको थियो भने अन्य देशका जहाजबाट महँगो शुल्क उठाउँदै आएको थियो। यसले इरानको आम्दानी समेत बढाएको थियो।
तर पछिल्लो समयमा अमेरिकाले प्रतिकारस्वरूप हर्मुज क्षेत्रमा इरानमाथि नाकाबन्दी लगाएपछि इरानको तेल निर्यात लगभग ठप्प भएको छ।तेल बेच्न नपाउँदा इरानका भण्डार भरिँदै गएका छन्, जसले उत्पादन बन्द गर्नुपर्ने जोखिम समेत बढाएको छ। यही दबाबका कारण इरानको नयाँ प्रस्ताव! आएको हुन सक्ने विश्लेषण गरिएको छ।
यो पनि पढ्नुहोस: एआईमा नयाँ सम्भावना | गभर्नर पौडेलको पहलले खुल्यो नयाँ लगानीको ढोका, मालीमा समन्वित आक्रमण, रक्षामन्त्री सादियो कमारा मृत्यु, कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ, लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ, छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात, लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ, रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी, सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply