१८ असार, काठमाडौं । मधेश आन्दोलनका क्रममा घाइते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ। कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो। यसअघि जिल्ला अदालतले २०८० मंसिरमा उनलाई आरोपबाट सफाइ दिएको थियो।
जिल्ला अदालतको फैसला उल्टियो
उच्च अदालतले घटनामा कोइरीको संलग्नता पुष्टि हुने आधार भेटिएको निष्कर्ष निकाल्दै पाँच वर्ष कैदको फैसला सुनाएको हो। साथै, जिल्ला अदालतले सफाइ दिएका अर्का प्रतिवादी पवन कापरलाई पनि पाँच वर्ष कैद सजाय सुनाइएको छ। यस्तै, यसअघि जन्मकैदको सजाय पाएका अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय संशोधन गर्दै पाँच–पाँच वर्ष कैद कायम गरिएको छ। तर प्रदीप साह माझी, सञ्जय कुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला भने उच्च अदालतले यथावत् राखेको छ।
घटना कसरी भएको थियो?
२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। घटनामा असई थमन विकसहित केही सुरक्षाकर्मी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत जलेश्वर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा महोत्तरीको सनोखडा क्षेत्रमा एम्बुलेन्स कच्ची सडकमा रोकिएको थियो।
अभियोग अनुसार, त्यसपछि आन्दोलनकारीहरूको समूहले घाइतेहरूलाई एम्बुलेन्सबाट बाहिर निकाली सांघातिक आक्रमण गरेको थियो। सोही आक्रमणमा असई थमन विकको मृत्यु भएको थियो।
फरार अवस्थामै बने सांसद
घटनापछि कोइरीविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। फरार अवस्थामै उनी एमालेमा प्रवेश गरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए। सांसद रहँदा पनि उनी पटक–पटक प्रतिनिधिसभाको बैठकमा सहभागी भएपछि राज्यबाट संरक्षण पाएको भन्दै व्यापक आलोचना भएको थियो। जिल्ला अदालतले सफाइ दिएपछि उनी खुला रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका थिए।
यस वर्ष सम्पन्न निर्वाचनमा पनि एमालेले उनलाई पुनः महोत्तरी–१ बाट उम्मेदवार बनाएको थियो। तर उनी निर्वाचनमा पराजित हुँदै तेस्रो स्थानमा सीमित भएका थिए। उच्च अदालतको पछिल्लो फैसलासँगै थमन विक हत्या प्रकरणमा जिल्ला अदालतको निर्णयमा महत्वपूर्ण परिवर्तन आएको छ भने लामो समयदेखि चर्चामा रहेको यो मुद्दाले नयाँ कानुनी मोड लिएको छ।
यो पनि पढ्नुहोस: साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, मनसुनको जोखिम बढेपछि बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकमा राति सवारी सञ्चालन बन्द, ३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह, युरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्यु, आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया सुरु, अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण हुँदै, हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षति, तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन, अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ, फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित, इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमण, बीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply