इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियो

इरानी पानीजहाज कब्जा | भेसल इन्फरमेसन डिक्लेरेसन

२८ असार, काठमाडौं । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको इरानले घोषणा गरेको छ। यस घटनापछि अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानी आक्रमण भएपछि अमेरिकाले यस साताको तेस्रो चरणको हवाई कारबाही सञ्चालन गरेको हो। अमेरिकी पक्षले आक्रमणमा जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको र चालकदलका एक सदस्य बेपत्ता भएको जनाएको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानले गलत निर्णय गरेको भन्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जहाजले स्वीकृत समुद्री मार्ग उल्लंघन गरेको र पटक–पटकको चेतावनी अटेर गरेपछि कारबाही गरिएको दाबी गरेको छ। साथै, होर्मुज जलडमरूमध्य अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गर्दै कुनै पनि अमेरिकी सैन्य हस्तक्षेप भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छ।

इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्म बन्द गरेको घोषणा गरेपछि अमेरिका–इरान तनाव थप बढेको छ। अमेरिकी हवाई आक्रमण र इरानको कडा चेतावनीबीच विश्व ऊर्जा बजारमा समेत असर पर्ने चिन्ता बढेको छ.

तनावका बीच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै अमेरिका र इजरायलविरुद्ध बदला लिने चेतावनी दिएका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामाथि वा आफ्नाविरुद्ध कुनै आक्रमण भए इरानलाई “पूर्ण विनाशकारी” जवाफ दिइने चेतावनी दोहोर्‍याएका छन्। होर्मुज जलडमरूमध्य विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग मानिन्छ। यहाँको तनावले अन्तर्राष्ट्रिय तेल तथा ग्यास आपूर्ति र विश्व ऊर्जा बजारमा व्यापक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।


यो पनि पढ्नुहोस:जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ, चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्युनक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइनेश्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Founded by Ramesh Poudel