२८ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगाइएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शनिबार दुर्घटनापछि उद्धारका लागि पुगेको नेपाली सेनाको हेलिकप्टरले आइतबार दुई–दुई जनाका दरले पालैपालो घाइतेलाई नेपालगन्ज पुर्याएको हो।
नेपालगन्ज रिफर गरिएका घाइतेहरूमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता तथा केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्। प्रहरीले थप एक जना गम्भीर घाइतेलाई पनि हेलिकप्टरमार्फत उपचारका लागि पठाइएको जनाएको छ।
दुर्घटनापछि सबै घाइतेलाई उद्धार गरी शनिबार राति जिल्ला अस्पताल बझाङमा भर्ना गरिएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको हो।शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो।
बझाङको केदारस्यूँ गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगन्ज लगाइएको छ। दुर्घटनामा ३ जनाको मृत्यु र १३ जना घाइते भएका थिए।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ पुगेको भए पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेको थिएन। हेलिकप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेपछि घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएको थियो। त्यसपछि मौसम अनुकूल बनेपछि गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज लगाइएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियो, जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ, चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?, शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply