२७ असार, काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रबाट यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, झोला तान्ने तथा दुःख–हैरानी दिएको आरोपमा ३२ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष अभियान सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार यात्रुलाई बलपूर्वक सवारीसाधनमा चढाउने, झोला तान्ने तथा विभिन्न किसिमले हैरानी दिने गतिविधिबारे पटक–पटक गुनासो आएपछि कारबाही गरिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक स्थल तथा बसपार्क क्षेत्रमा यात्रुलाई दुःख दिने, जबरजस्ती सवारीमा चढाउन खोज्ने वा अवाञ्छित गतिविधि गर्ने व्यक्तिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
यो पनि पढ्नुहोस:चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?, शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरु, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन, १ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ, बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply