२ भदौ, काठमाडौं ।
काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीले अवैध लागुऔषध ओसारपसार र चोरी अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा चेकिङ र अनुसन्धानका क्रममा लागुऔषधसहित एक जना र सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको हो।
अवैध लागुऔषध कारोबार नियन्त्रण अभियानअन्तर्गत चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोष्टबाट रोल्पाका एक युवक पक्राउ परेका छन्। धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुपप्र०१-००१ ख ३६८४ नम्बरको बसलाई शंकास्पद आधारमा जाँच गर्दा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–२ स्थायी घर भएका ३३ वर्षीय टेकम परियारको साथबाट चार ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको हो। प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
यसैबीच, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सार्वजनिक यातायातमा यात्रा गरिरहेका यात्रुको सुनको सिक्री चोरी गर्ने दुई जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेहरूमा सोलुखुम्बुका ३१ वर्षीय अजय बस्नेत र झापा दमकका ४३ वर्षीय भविन्द्र विक रहेका छन्। उनीहरूले गत साउन २७ गते पुरानो बसपार्कदेखि बिजुलीबजारसम्म चल्ने सार्वजनिक बसमा यात्रा गरिरहेका एक सर्वसाधारणको गलामा लगाइएको सुनको सिक्री चोरेर फरार भएका थिए। पीडितको उजुरी र सूक्ष्म अनुसन्धानका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाएको छ।
हाल काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरूमा अवैध सामान तथा लागुऔषध भित्रिन नदिन प्रहरीले चेकजाँच कडा बनाएको छ। साथै सार्वजनिक यातायात, व्यापारिक क्षेत्र तथा भिडभाड हुने स्थानहरूमा हुनसक्ने चोरी र पाकेटमारी जस्ता आपराधिक क्रियाकलाप रोक्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। पक्राउ परेका तीनै जनामाथि सम्बन्धित कसुरअनुसार म्याद थप गरी थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
यो पनि पढ्नुहोस: काभ्रेमा बर्डफ्लुका कारण ९० हजार पन्छी नष्ट, नियन्त्रणका लागि कडाइ, ठमेलको छायाँदेवी कम्प्लेक्स जग्गा विवाद: ऐतिहासिक अभिलेख र कानुनी तथ्यको विश्लेषण, अग्रगामी मोर्चाको निर्णय: निर्वाचनअघि प्रदेश सरकारमा नजाने, लुम्बिनीको मन्त्री नियुक्ति सच्याउन माग, खाना पकाउने ग्यासको अभाव चर्किएपछि घण्टाघरअगाडि नेविसंघको प्रदर्शन, ललितपुरको चापागाउँ दोबाटोबाट ६४ हजार नगदसहित ५ जना जुवाडे पक्राउ, मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना: उच्च अदालतका मुख्य न्यायाधीश डाँगीसहित ६ जना घाइते, दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा सहसचिव सुवेदीको संयोजकत्वमा टोली गठन, पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतको आदेश
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।




















Leave a Reply