माइतीघर–बबरमहलमा तनाव: प्रहरी लाठीचार्जमा एमाले प्रदर्शनकारी घाइते

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरू र प्रहरीबीच माइतीघर–बबरमहल क्षेत्रमा तनाव सिर्जना भएको छ।

प्रदर्शनका क्रममा एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको हो। लाठीचार्जका क्रममा एमालेका केही नेता तथा कार्यकर्ताहरू घाइते भएका छन्।

घाइतेमध्ये काठमाडौं महानगरपालिका–१ का युवराज ओलीको टाउकोमा चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको जानकारी दिइएको छ।

एमाले नेता रामेश्वर फुयालका अनुसार, प्रदर्शनकारीमाथि प्रहरीले एक्कासी लाठी प्रहार गरेको थियो। घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। image source: oninekhawar


यो पनि पढ्नुहोस्