स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेले काठमाडौँ अदालतबाट तारेख लिए

१५ चैत | काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन्। आइतबार बिहान अदालत पुगेर लामिछानेले तारेख प्राप्त गरेको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा खेपिरहेका छन्। लामिछानेविरुद्ध २०८१ पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका थिए। सो मुद्दामा ३९ जना प्रतिवादी छन्। प्रहरी अनुसन्धानका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अवैध रूपमा लगिएको देखिएको थियो। सरकारी वकिलले सो रकमको बिगो मागसमेत दाबी गरेका छन्।


यो पनि पढ्नुहोस्