१५ चैत | काठमाडौं – जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अनुमति दिएको छ। अदालतले आइतबार म्याद थपको आदेश जारी गरेको दिपक कुमार श्रेष्ठले जानकारी दिए। सरकारी वकिलको माग अनुसार उनीहरूलाई अनुसन्धानका लागि दिन थुनामा राखिने निर्णय भएको हो। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको समयमा भएको दमनबारे गठित जाँचबुझ आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सो सिफारिसको आधारमा शनिबार बिहान पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। आज अदालतमा लेखक उपस्थित भए पनि ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए।

