काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ

२१ चैत, काठमाडौं । राजधानीमा बढ्दै गएको आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले गुण्डागर्दीविरुद्ध कडा अभियान सुरु गरेको छ। पछिल्लो सरकारी सक्रियतासँगै सुरक्षा निकायले संगठित रूपमा अपरेशन अघि बढाएको हो।

नेपाल प्रहरी अन्तर्गत अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले ले संयुक्त रूपमा विभिन्न स्थानमा छापा मार्दै संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार एकै रात १३ जनालाई पक्राउ गरिएको हो।

काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सनपक्राउ पर्नेमा अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङ र किमजोङ बोसस (Kimjong Bos) लगायत रहेका छन्।

यसैबीच, प्रहरी परिसर काठमाडौंले पनि थप ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। विभिन्न क्षेत्रबाट सक्रिय समूहका सदस्यहरू पक्राउ परेसँगै राजधानीमा आपराधिक गतिविधिमा संलग्न नेटवर्कमाथि निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले पछिल्लो समय सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियामाथि पनि विशेष निगरानी थालेको छ। सर्वसाधारणबाट आएका गुनासोका आधारमा यस्तो अभियान विस्तार गरिएको हो। सुरक्षा निकायका अनुसार यो अभियान एक पटकको मात्र नभई निरन्तर रूपमा सञ्चालन हुने र अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिनेछ। image source : www.onlinekhabar.com


यो पनि पढ्नुहोस्