अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की

१ वैशाख काठमाडौं | अमेरिका र इरानबीचको अमेरिका इरान तनाव थप चुलिएको छ। डोनाल्ड ट्रम्पले इरानमाथि नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि इरान ले कडा प्रतिक्रिया दिएको हो। पाकिस्तानमा भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले सोमबारदेखि लागू हुने गरी इरानका बन्दरगाहमा जाने–आउने जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको छ। अमेरिकी पक्षका अनुसार यो कदम Strait of Hormuz क्षेत्रमा बढ्दो अस्थिरताका कारण उठाइएको हो।

अमेरिकाको नाकाबन्दीको धम्कीपछि खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की

तर इरानले यसलाई “गैरकानूनी” भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यदि नाकाबन्दी लागू गरिए खाडी क्षेत्रका अन्य देशका बन्दरगाहहरू पनि निशानामा पर्न सक्ने इरानले संकेत दिएको छ।

यसअघि अमेरिका र इसराइलले  इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि स्थिति झनै संवेदनशील बनेको थियो। त्यसको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको छ।

वार्ता असफल

शनिबारदेखि आइतबार बिहानसम्म चलेको वार्तामा कुनै सहमति हुन सकेन। अमेरिकी वार्ता टोलीका नेतृत्वकर्ता JD Vance का अनुसार इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको छ।

उनले इरानले परमाणु हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता दिनुपर्ने अमेरिकाको अडान रहेको बताए। तर इरानले भने अमेरिकी मागहरू अत्यन्त कडा र अव्यावहारिक भएको प्रतिक्रिया दिएको छ।

बढ्दो जोखिम

हाल Persian Gulf क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ। विश्वको ठूलो हिस्सा तेल र ग्यास आपूर्ति हुने Strait of Hormuz मा देखिएको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्ने चिन्ता बढेको छ। विश्लेषकहरूका अनुसार यदि नाकाबन्दी र प्रतिकारको श्रृंखला अघि बढ्यो भने यो क्षेत्रीय द्वन्द्वबाट विश्वव्यापी संकटमा रूपान्तरण हुन सक्ने जोखिम रहेको छ।


यो पनि पढ्नुहोस: एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


One response to “अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की”

  1. […] पनि पढ्नुहोस:अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव …,  एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र […]

Leave a Reply to 6 दलका घोषणापत्र समेट्दै, राष्ट्रिय प्रतिबद्धता मस्यौदा सार्वजनिक Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्