१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी पत्रकार सम्मेलनमा अचानक गोली चलेको आवाज सुनिएपछि उनीलाई तुरुन्त सुरक्षित स्थानमा सारिएको छ।White House मा आयोजित कार्यक्रममा ट्रम्प बोलिरहेका बेला हलचल सुरु भएको थियो। त्यसक्रममा केही पड्किएको जस्तो आवाज सुनिएपछि सुरक्षाकर्मी सक्रिय भएका थिए।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले तत्कालै ‘तल बस्नुहोस्’ भन्दै ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए। साथै Melania Trump लाई पनि सुरक्षित स्थानमा सारिएको थियो।घटनापछि United States Secret Service का सदस्यहरूले सुरक्षा घेरा कडा बनाएका थिए। कार्यक्रममा सहभागीहरू पनि भुईंमा निहुरिएर बसेका थिए।
पत्रकार सम्मेलन कार्यक्रममै गोली चलेको आवाज सुनिएपछि ट्रम्पलाई सुरक्षित स्थानमा लगियो। संदिग्ध पक्राउ, घटनाबारे अनुसन्धान जारी।
प्रारम्भिक जानकारीअनुसार एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ, तर उसको परिचय सार्वजनिक गरिएको छैन। घटनामा कसैको ज्यान गएको वा घाइते भएको आधिकारिक विवरण भने अहिलेसम्म आएको छैन। त्यसैबीच ट्रम्पका सल्लाहकार Stephen Miller लाई पनि सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा बाहिर निकालेका थिए।केही समयपछि सुरक्षा स्थिति नियन्त्रणमा आएको भन्दै कार्यक्रम पुनः सुरु गरिएको जनाइएको छ।
यो पनि पढ्नुहोस: युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात, लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ, रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी, सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply