३ वैशाख, काठमाडौं । सरकारले नयाँ कानुन नेपाल अन्तर्गत १०० भन्दा बढी ऐन निर्माण तथा संशोधन गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ। आगामी संघीय संसद् अधिवेशनबाट करिब ४० देखि ४५ वटा विधेयक पास गर्ने तयारी भइरहेको छ। काठमाडौंमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कुल १०३ वटा ऐन निर्माण र संशोधनका विषय पहिचान भइसकेका छन्। तीमध्ये प्राथमिकताका आधारमा विभिन्न मन्त्रालयले काम अघि बढाइरहेका छन्।
१०० बढी नयाँ कानुन ल्याइँदै सरकार
नयाँ कानुन नेपाल कार्यान्वयनका लागि २२ वटै मन्त्रालय सक्रिय छन् भने प्रक्रियागत निगरानी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय ले गरिरहेको छ।
प्राथमिकताका प्रमुख विधेयक
यस योजनाअन्तर्गत विभिन्न महत्वपूर्ण विधेयक अघि बढाइएका छन्:
- सार्वजनिक खरिद ऐन संशोधन
- नेपाल राष्ट्र बैंक ऐन संशोधन
- कम्पनी ऐन संशोधन
- नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक
- नवीकरणीय ऊर्जा तथा विद्युत् विधेयक
- साइबर सुरक्षा र सञ्चार विधेयक
अर्थ मन्त्रालयले राष्ट्र बैंक ऐन संशोधनका लागि स्वीकृति लिइसकेको छ भने कर्मचारी सञ्चय कोष ऐनमा पनि ठूलो परिवर्तनको तयारी भइरहेको छ।
गृह र ऊर्जा मन्त्रालय सक्रिय
गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन र गुप्तचर सम्बन्धी चारवटा विधेयकमा काम गरिरहेको छ। यस्तै ऊर्जा मन्त्रालयले जलस्रोत, विद्युत् र नवीकरणीय ऊर्जा सम्बन्धी कानुनलाई प्राथमिकतामा राखेको छ।
निष्क्रिय विधेयक पुनः ल्याइँदै
अघिल्लो प्रतिनिधिसभा विघटनका कारण रोकिएका विधेयकहरू पनि पुनः अघि बढाइने भएका छन्। अब मन्त्रालयहरूले सिधै प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा पेश गर्न सक्ने व्यवस्था गरिएको छ, जसले कानुन निर्माण प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ।
संवेदनशील विधेयक पनि तयारीमा
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय ले वैवाहिक बलात्कार, यौनजन्य हिंसा र गम्भीर अपराधसँग सम्बन्धित कानुन संशोधनमा काम गरिरहेको छ।
शिक्षा विधेयक प्राथमिकतामा छैन
अघिल्लो संसद्मा अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयक भने यसपटक प्राथमिकतामा परेको छैन। यसको सट्टा प्राविधिक तथा व्यवसायिक सीप विकाससम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरिएको छ।
यो पनि पढ्नुहोस:इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरी अमेरिकी सैन्य संरचनामा निशाना लगाएको दाबी, जावलाखेल चिडियाखानाभित्रको पोखरीमा पुरुष मृत फेला, पहिचान खुल्न सकेन, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की, एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply