१ वैशाख काठमाडौं । आजदेखि विक्रम संवत् २०८३ सुरु भएको छ। Nepali New Year को अवसरमा देशभर उत्साह, उमङ्ग र नयाँ संकल्पका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष वैशाख १ गते मनाइने नेपाली नयाँ वर्षलाई नयाँ सुरुआतको प्रतीकका रूपमा लिइन्छ। आज मानिसहरू बिहानै उठेर स्नान गर्ने, घर सफा गर्ने, मठमन्दिरमा पूजा गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गर्दै शुभकामना साटासाट गर्ने परम्परा छ।विक्रम संवत् संसारकै प्राचीन संवत् मानिन्छ। सूर्यको गतिसँग सम्बन्धित यो संवत् अनुसार आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन अर्थात् मेष सङ्क्रान्ति पनि हो।
नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ शुभकामना आदानप्रदान
नयाँ वर्षका दिन मानिसहरूले विगत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना र संकल्प गर्ने गर्दछन्। देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन्।बिस्का जात्राका कारण भक्तपुरमा मा विशेष रौनक देखिएको छ। त्यस्तै, तराई क्षेत्रमा सहलेश फूल फुल्ने परम्परासँग पनि यस दिनको विशेष सम्बन्ध रहेको मानिन्छ। नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायतले शुभकामना सन्देश जारी गर्दै नेपाली जनताको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि कामना गरेका छन्।
यो पनि पढ्नुहोस: एमाले काठमाडौंको निष्कर्ष: केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ, पुस्तान्तरणको माग, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत, सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी, इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन, पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका १५ घण्टादेखि प्रत्यक्ष वार्ता, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply to एसइई 2082 कापी जाँच अपडेट: उपत्यकाको यस्तो अवस्था Cancel reply