रास्वपाले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी

६ वैशाखकाठमाडौं | सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक विज्ञ र योजनाहरू सार्वजनिक रूपमा आह्वान गर्ने तयारी गरेको छ।पार्टीका सहप्रवक्ता विपिनकुमार आचार्यका अनुसार आइतबार बस्ने सचिवालय बैठकले यससम्बन्धी प्रारूप र कार्यविधि तय गर्नेछ।सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ। यही सन्दर्भमा रास्वपाले बजेट र नीति निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउन रास्वपा विज्ञ योजना आह्वान प्रक्रिया अघि बढाउन लागेको हो।

विज्ञ र योजनाहरू आह्वान: बजेटअघि नयाँ अभ्यास सुरु

यसअघि राजनीतिक दलहरूले विज्ञ तथा योजनाका लागि खुला आह्वान गर्ने अभ्यास खासै देखिएको थिएन। तर रास्वपाले देश विकासमा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यसहित नयाँ अभ्यास सुरु गर्न लागेको जनाएको छ।

पार्टीको प्रारम्भिक अवधारणाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता, उत्पादन लगायतका क्षेत्रमा आफ्नो योजना पेश गर्न सक्नेछन्। प्राप्त प्रस्तावहरूको मूल्यांकन गरेर उपयुक्त योजनालाई नीति तथा कार्यक्रममा समेट्ने सम्भावना रहने बताइएको छ।रास्वपाले देश विकासका लागि व्यक्तिगत दृष्टिकोण, नवप्रवर्तन र व्यावहारिक योजनालाई जोड्न आवश्यक ठानेर रास्वपा विज्ञ योजना आह्वान प्रक्रिया अभ्यासमा ल्याउन लागेको जनाएको छ।राजनीतिक दलहरूले नीति निर्माणमा प्रत्यक्ष जनसहभागिता विस्तार गर्ने प्रयासस्वरूप यस कदमलाई अर्थपूर्ण मानिएको छ।


यो पनि पढ्नुहोस:इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउचीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर,  ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


One response to “रास्वपाले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी”

Leave a Reply to गोरखामा ठाडो भाका प्रतियोगिता: पहिलो पटक आयोजना 2083 Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्