७ वैशाख, काठमाडौं। प्रधानमन्त्री बालेन विश्वविद्यालय छलफल कार्यक्रमअन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाहले आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन्।यो महत्वपूर्ण बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे आयोजना हुने बताइएको छ।
प्रधानमन्त्री बालेनले विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा आमन्त्रण गरिएको छ। बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानका समसामयिक समस्या, सुधारका उपाय र तत्काल समाधान गर्न सकिने विषयहरूमा केन्द्रित भएर चर्चा हुने छ।छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन्।
यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न स्वास्थ्य तथा प्राविधिक प्रतिष्ठानका प्रतिनिधिहरूसँग पनि प्रधानमन्त्री शाहले प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ।सरकारले उच्च शिक्षामा देखिएका समस्या समाधान र गुणस्तर सुधारका लागि यस्तो छलफललाई महत्त्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ।
यो पनि पढ्नुहोस: खैरो हेरोइनसहित ३ जना पक्राउ, ७९ ग्राम लागूऔषध बरामद, सडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध, गोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै, रास्वपाले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी, इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply