१ वैशाख काठमाडौं । चैत १९ देखि सञ्चालन भएको परीक्षा चैत २९ गते सम्पन्न भएसँगै अहिले एसइई कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ। सरकारले यस वर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूलाई कापी जाँच सकिएको तीन दिनभित्र नतिजा पठाउन निर्देशन दिएको छ।
एसइई कापी जाँच उपत्यकामा यस्तो देखियो प्रगति
भक्तपुर जिल्लाले भने उल्लेखनीय रूपमा छिटो काम सम्पन्न गरेको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका अनुसार सबै विषयको कापी जाँच पूरा गरी नतिजा र उत्तरपुस्तिका बोर्डमा बुझाइसकिएको छ। यहाँ २३ परीक्षा केन्द्रमा करिब ६ हजार विद्यार्थी सहभागी भएका थिए।
ललितपुरमा पनि काम अन्तिम चरणमा पुगेको छ।
जिल्ला शिक्षा इकाईका अनुसार ४० परीक्षा केन्द्रका करिब १०,५०० विद्यार्थीको कापी जाँच सकिँदैछ र सबै नतिजा छिट्टै बोर्डमा बुझाइने तयारी छ।
काठमाडौंमा भने प्रक्रिया अझै जारी छ।
१३७ परीक्षा केन्द्रबाट करिब ४० हजार विद्यार्थी सहभागी भएकाले यहाँ नतिजा संकलनको काम चलिरहेको छ र केही केन्द्रबाट विवरण आउन बाँकी रहेको जनाइएको छ।
तीन दिनमै सम्भव भयो त?
केही जिल्लामा एसइई कापी जाँच निर्धारित समयमै सम्पन्न भएको देखिए पनि काठमाडौंजस्तो ठूलो जिल्लामा अझै संकलन प्रक्रिया जारी छ।
तर समग्रमा हेर्दा अधिकांश स्थानमा काम तीव्र गतिमा अघि बढेको छ, जसले समयमै नतिजा प्रकाशन हुने संकेत दिएको छ।
यो पनि पढ्नुहोस:आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, , एमाले काठमाडौंको निष्कर्ष: केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ, पुस्तान्तरणको माग, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत, सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी, इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन, पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका १५ घण्टादेखि प्रत्यक्ष वार्ता, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply to 6 दलका घोषणापत्र समेट्दै, राष्ट्रिय प्रतिबद्धता मस्यौदा सार्वजनिक Cancel reply