प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

१५ चैत | काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूको दैनिक रूपमा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) परीक्षण गर्नुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले देशको नेतृत्वमा रहेका व्यक्तिहरूको नियमित स्वास्थ्य र आचरण परीक्षण आवश्यक रहेको बताएका छन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीलगायत सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ। सांसदहरूको पनि गर्नु पर्छ। देशको स्वास्थ्यका लागि यो अनिवार्य छ।” उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ।


यो पनि पढ्नुहोस्