माथिल्लो त्रिशूली-१ बाढी: ६ जनाको शव भेटियो, ५५१ कामदार अझै बेपत्ता

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-१ बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहँदा ६ जनाको शव फेला परेको छ। जलविद्युत् आयोजनास्थलमा बाढी आउनुअघि कूल १ हजार ४ सय ३३ जना कामदार तथा प्राविधिकहरू कार्यरत रहेका थिए। तीमध्ये हालसम्म ८ सय ७६ जनाको सुरक्षित उद्धार गरिएको छ भने ५५१ जना कामदारहरू अझै सम्पर्कविहीन रहेका छन्।

उद्धार टोलीले आयोजनाको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा खोजी कार्य तीव्र बनाएको भए पनि कठिन भौगोलिक बनावट र बाढीले सडक सञ्जाल ध्वस्त पारेका कारण उद्धार कार्यमा ठूलो चुनौती थपिएको छ। बाढीपछि आयोजनास्थलका धेरैजसो भौतिक संरचनाहरूमा क्षति पुगेको छ। बेपत्ता भएका कामदारहरूको खोजीका लागि सुरक्षा निकाय र स्थानीय टोली निरन्तर खटिएका छन्।

यसैबीच, उद्धार तथा सफाइ कार्यका लागि अत्यावश्यक मानिएका भारी उपकरणहरू रसुवागढी क्षेत्रसम्म पुर्‍याउन सकिएको छैन। मुख्य राजमार्गका विभिन्न ठाउँमा भीषण पहिरो गएकाले डोजर, एक्काभेटर तथा अन्य निर्माण उपकरणहरू घटनास्थलसम्म लैजान नसकिएको हो। सडक सञ्जाल विच्छेद हुँदा खोजी कार्यका साथै राहत सामग्री पुर्‍याउनसमेत समस्या उत्पन्न भएको छ।

बाढी आउनुअघि आयोजना निर्माणका लागि ठूलो संख्यामा स्वदेशी तथा विदेशी श्रमिकहरू कार्यरत थिए। पहिरो र नदीको तीव्र बहावले कामदारहरू बस्ने क्याम्प, उपकरण र यातायातका साधनहरू बगाएको अनुमान गरिएको छ। हालसम्म उद्धार गरिएका ८ सय ७६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक प्राथमिक उपचार र राहत उपलब्ध गराउने काम भइरहेको छ।

स्थानीय प्रशासन र आयोजना प्रवर्धकका अनुसार सम्पर्कविहीन रहेका केही कामदारहरू ज्यान जोगाउन डाँडाकाँडातिर भागले सञ्चार सम्पर्क विच्छेद भएका कारण सम्पर्कमा आउन नसकेको हुन सक्ने अनुमान पनि गरिएको छ। दूरसञ्चार सेवा अवरुद्ध भएकाले वास्तविक विवरण सङ्कलन गर्न कठिन भइरहेको छ।

बाढीका कारण जलविद्युत् क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। सरकार तथा सम्बद्ध निकायहरूले बेपत्ता भएकाहरूको शीघ्र खोजीका लागि पहल गर्दै अवरुद्ध सडक सञ्जाल पुन: सञ्चालनमा ल्याउन र भारी उपकरणहरू घटनास्थल पुर्‍याउन प्राथमिकताका साथ काम गरिरहेका छन्।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Founded by Ramesh Poudel

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्